अमरदीप सापकोटाको निर्देशनमा फिल्म ‘प्रेम पूजा’ बन्ने भएको छ। महाशिवरात्रीको अवसर पारेर फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
फिल्मको थिम पोस्टरमा पात्रको अनुहार लुकाइएको छ। फिल्मको लागि कोही कलाकार पक्का नभएको निर्माण पक्षले जनाएको छ। अडिसनबाट नै कलाकारहरुको छनोट गरिने निर्देशक सापकोटाले बताए।
‘इन्टरटेन्टमेन्ट वर्ल्डवाइड’को व्यानरमा बन्न लागेको यस फिल्मको कथा, पटकथा तथा संवाद अभिमन्यु निरवीले लेखेका हुन्। बैशाखको पहिलो साताबाट छायांकनमा जाने भनिएको यस फिल्मलाई काठमाडौं, चितवन र भारतको बनारसमा समेत खिचिने छ।
फस्टलुक पोस्टरमा नै फिल्मको रिलिज मिति पनि तोकिएको छ। पोस्टरमा लेखिए अनुसार चलचत्र आगमी दशैंमा रिलिज हुदैँछ।