फिल्म थप्पडका निर्देशक अनुभव सिंहाले पत्रकारलाई गाली गरेका छन्। उनले केही अपशब्द नै बोलेर पत्रकारलाई गाली गरेका हुन्।
फिल्म थप्पडले बक्स अफिसमा निकै कमजोर व्यापार गर्यो। फिल्मले जम्मजम्मी २२ करोड मात्र कमाएको छ। सोही कुरालाई पत्रकारले समचार लेखे। तर, निर्देशक सिंहालाई उक्त कुरा चित्त बुझेन र अपशब्दको लागी पोखे।
एक मिडियामा समचार आएको थियो, ‘थप्पडलाई दर्शकले हाने थप्पड’। उक्त समचारले निर्देशक सिंहाको पारो ततायो। त्यसैले सिंहाले ट्विटरमा नै आफ्नो रिस पोखे। अपशब्द सहित उनले ट्विटरमा लेखेका छन्, ‘मेरो पैसा, मेरो फिल्म। मेरो नाफा, मेरो घाटा। यसमा चासो राख्ने तँ को ? मैले तलाई सेयर दिनु पर्ने छैन होला। कि किनेको छस् ?’
सिंहाले अर्को पनि ट्विट गरेका छन्। त्यसमा उनले पुन: अपशब्द प्रयोग गरेका छन्। लेखेका छन्, ‘यो मान्छेलाई मैले भन्दा पहिला मेरो फिल्मको कमाई पत्तो हुने रहेछ। मैले २-३ दिनमा पाउने उसले त्यहीँ दिन पाउने रहेछ।’
फिल्म थप्पडले राम्रो व्यापार गर्न नसके पनि समिक्षा भने राम्रो पाएको छ। फिल्ममा तापसी पन्नुको मुख्य भूमिका रहेको छ।