नायक राजेश हमाल र निखिल उप्रेतीको भेटघाटको तस्विरलाई लिएर धेरै समचारहरु आइरहेका छन्। कतिपयले राजेश र निखिलबीच फिल्मको लागि टिमअप हुन लागेको अनुमान समेत गरेका छन्।
केही मिडियामा त राजेशले निखिलको फिल्म ‘आयो भैरव’मा काम गर्न लागेको दावी गरेर समचार नै लेखेका छन्। निखिल राजेशलाई फिल्मको अफर गर्नको लागि भेट्न पुगेका समचारमा लेखिएको छ।
तर, निखिलले उक्त कुराको खण्डन गरेका छन्। उनले राजेशलाई फिल्मको अफर गर्न नभेटेको बताएका छन्। उनले भनेका छन्, ‘यत्तिकै सामान्य भेटघाट भएको हो। फिल्ममा काम गर्नको लागि अफर गर्न भेटेको होइन।’
निखिल समचार पढेर आफू चकित भएको बताए। उनले थपे, ‘हाम्रो टिमअप हुन लागेको त मैले समचार पढेर मात्र थाहा पाएको हुँ। हाम्रो टिमअपको कुरा केही सत्य होइन।’ निखिलको कुरा सुन्दा उनीहरुको टिमअप नहुने बुझिन्छ।