फिल्म ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ। फैलिदै गएको कोरोनाको त्रासका कारण सरकारले २५ जना भन्दा बढि भेला हुने कुनै पनि काम नगर्न आदेश दिएको थियो। सरकारले दिएको आदेशलाई स्विकार गर्दै फिल्म निर्माण पक्षले छायांकन स्थगन गरेको हो।
सरकारले अर्को सुचना नदिएसम्म फिल्मको छायांकन रोकिएको निर्देशक झरना थापाले बताएकी छिन्। फिल्मको छायांकन रोकिदा प्रविधिक तथा कलाकारमा पर्न गएको असरमा निर्माण पक्षले क्षमा मागेको छ।
तीन सातादेखि पोखरामा फिल्मको छायांकन चलिरहेको थियो। यो फिल्मको छायांकन नेपालसँगै यूरोप र ओमानमा पनि हुने बताइएको छ।
सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ। फिल्मको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ।