‘ठमेल डटकम’, ‘हाऊ फन्नी’, ‘हँसिया’, ‘वीर विक्रम’ लगायतका चलचित्रहरुमा काम गरिसकेका नायक अनुप विक्रम शाही अहिलेका व्यस्त नायक हुन् । आर्कषक शरीर, बोल्ड बोल्ने शैलीका कारण अहिले उनले फ्यान फलोइङ्ग पनि धेरै कमाइसकेका छन् । एकपछि अर्को चलचित्रमा काम गर्दै आइरहेका अनुप अहिले चलचित्र ‘रानी’ को छायाँकनमा व्यस्त छन् । उनै अनुप विक्रम शाहीसँग सिनेखबरकर्मी मनिष अन्जानले गर्नु भएको कुराकानी :-
१. वीर विक्रमको सफलता पछि अहिले के गर्दे हुनुहुन्छ ?
वीर विक्रमको सफलतापछि मैले किङ भन्ने चलचित्रको छायाँकन सकाएँ । वीर विक्रमपछि किङ भयो त्यसपछि अहिले चलचित्र रानीमा व्यस्त छु ।
२. वीर विक्रम सफल हुँदै गर्दा बजारमा चाहिँ तपाईको भन्दा दयाहाङ राईको चर्चा बढी देखियो नी ?
हामी दुईले क्यारेक्टरवाइजको रुपमा काम गरेको हौं । एउटाले वीर गर्यो एउटाले विक्रम । मेरो विचारमा दुवै क्यारेक्टर महत्वपूर्ण थिए । त्यसकारण कसको चर्चा बढी बजारमा भयो त्यसले हामी दुवैलाई असर गर्दैन ।
३. अहिले रानीमा व्यस्त हुनुहुन्छ । केही महिना अगाडी मात्र तपाईको र मलिना जोशीबिच ब्रेकअप भयो भन्ने हल्ला पनि चलेको थियो तर अहिले एकसाथ यो चलचित्रमा काम गर्दै हुनुहुन्छ । के हो खास कुरा ?
क्यारेक्टरले मागेको चिज हो र स्टोरीले मागेको चिज हो । मलाई लाग्छ हामीले काम गर्दैमा त्यस्तो केही फरक पर्दैन । उहाँ आफ्नै काममा व्यस्त हुनुहुन्छ म आफ्नै काममा व्यस्त छु ।
४. यसबाट के बुझ्ने, तपाईहरु प्रेम सम्बन्धमा हुनुहुन्छ कि व्यबसायिक सम्बन्धमा ?
मैले भनि हालेँ उहाँ आफ्नै काममा व्यस्त हुनुहुन्छ म आफ्नै काममा व्यस्त छु । फिल्म खेल्ने वितिक्कै प्याचअप हुन्छ भन्ने पनि छैन । हामीले कोसँग फिल्म गर्ने कोसँग नगर्ने भन्ने हुँदैन । हामी दुवैलाई कुनै गाह्रो छैन एकअर्कासँग काम गर्न ।
५. रानी गर्नुको कारण ?
यसको एउटा क्यारेक्टर मन परेको हो मलाई । यो चलचित्रको स्टोरी मलाई हेरेर नै बनाएको हुँदा रानी गर्न लागेको हुँ ।
६. वीर विक्रममा तपाईलाई एक्शन अवतारमा देखियो रानीमा चाहिँ कस्तो भुमिका छ ?
चलचित्र रानी लभस्टोरी एक्शन मुभी हो । एक्शन र लभस्टोरी दुवै भुमिकामा देख्न सक्नुहुन्छ ।
७. तपाईले कस्तो भुमिका पाउनु भयो भने दमदार गर्न सक्छु जस्तो लाग्छ ?
नेपालमा यस्तो अबस्था आइसकेको छैन कि म फिल्ममा यस्तो निभाउँछु, उस्तो निभाउछु भन्ने । हामीले क्यारेक्टर मन परेपछि काम गर्ने हो । आगामी दिनमा एक्शन मुभी गर्न पाए भने चाहिँ अबश्य गर्नेछु ।
८. गएको महिना प्रदर्शनमा आएको चलचित्र शकुन्तलामा राजेश हमालले महिलाको भुमिका निर्वाह गर्नुभएको थियो । त्यस्तो भुमिका तपाईले पाउनु भयो भने गर्नु हुन्छ ?
म गर्छु । मलाई यस्तो भुमिका निर्वाह गर्न पहिला देखी नै इच्छा छ । यदी त्यस्तो चलचित्रबाट अफर आयो भने गर्छु । कलाकार भएपछि यो गर्ने त्यो नगर्ने भन्ने हुँदैन, जस्तो भुमिका आउँछ न्यायपूर्वक निभाउने प्रयास गरिन्छ ।
९. तपाई पछिल्लो समय चलचित्रहरुमा बढी जसो खलनायकको भुमिकामा देखिदै आउनु भएको छ । कतै डर त छैन खलनायक बन्दै गर्दा नायकको छवि चाहिँ ओझेलमा पर्छ भन्ने ?
हैन मैले दुइटालाई नै व्यालेन्स गरेर लगेको छु । मलाई खलनायकमा पनि त्यतिनै मन पराइदिनु भएको छ र नायकको भुमिकामा पनि । मेरो विचारमा मैले अहिलेसम्म दुईटालाई नै व्यालेन्स गरेर लगिरहेको छु र दर्शकहरुले पनि मन पराइराख्नु भएको छ ।