आज धेरै ठाउँबाट आकासमा तारा देख्न गाह्रो छ । तर, संसारमा यस्ता केही उत्कृष्ट ठाउँहरु छन्, जहाँबाट ताराहरु धित मर्ने गरी हेर्न सकिन्छ ।
नेशनल जिओग्राफीले तारा हेर्ने उत्कृष्ट ठाउँहरुको सूची सार्वजनिक गरेको छ, जसमा नेपाल पनि परेको छ ।
नेपालको सागरमाथा नेशनल पार्कबाट ताराहरु हेर्न सकिन्छ । नेशनल जोग्राफिकका लेखक बबाक ए तफरेसी भन्छन्, ‘मैले अहिलेसम्म देखेको सबैभन्दा नाटकीय आकास भनेको सगरमाथा यात्राको क्रममा हो । नेपालीमा सगरमाथा भन्नाले आकाशको निधार भनेर चिनिन्छ ।’ उनले अघि भनेका छन्, ‘नाम्चे बजार नजिकै रहेको सगरमाथा राष्ट्रि निकुञ्जबाट संसारकै सर्वोच्च शिखरको माथी ताराहरु चम्किएको देख्न सकिन्छ ।’
यस्तै चिलीको अटाकामा मरुभूमि, हवाईको टापु, दक्षिण पश्चिम अमेरिकाको राष्ट्रिय निकुञ्ज, क्यानरी द्वीपको ला पाल्मा, पश्चिमी अष्ट्रेलिया आउटब्याक, पोर्चुगलको अल्केभा पनि तारा हेर्ने उत्कृष्ट गन्तव्यमा परेका छन् ।-अनलाइन खबर