टेलिसिरियलबाट दर्शकमा गहिरो छाप छोड्न सफल सरिता लामिछाने आजबाट ३७ औं बर्षमा लागेकी छिन् । निर्देशक ऋषि लामिछानेसँग विवाह गरेपछि कलाकारितामा प्रवेश गरेकी सरिताले छोरीको जन्मभएपछि केहि वर्ष अभिनयबाट विश्राम लिएको थिइन । १८ वर्षको उमेरमा विवाह गरेकी सरिताले विवाह भएको ११ वर्षपछि छोरी समृद्धिलाई जन्माएकी थिईन् । अहिले समृद्धि ९ वर्षको भइसकेकी छिन् । तुलसी घिमीरे निर्देशीत टेलिसिरियल ‘मुक्ति’ बाट अभिनय यात्रा सुरु गरेकी सरिता नेपाल चलचित्र कलाकार संघको २७ वर्ष लामो इतिहासमा महासचिवजस्तो जिम्मेवार पदमा पुग्ने पहिलो महिला समेत हुन् । सरिताले दर्जनौ नेपाली चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् ।
यो कुरा कमैलाई थाहा छ कि अभिनय यात्रा प्रारम्भ गर्नुअघि सरिता सञ्चार क्षेत्रमा प्रवेश गरिसकेकी थिइन । योङ नेपाल टेलिभिजनमा चलचित्रसँग सम्बन्धित कार्यक्रम एक्सनको प्रस्तोताका रूपमा उनी पहिलो पटक दर्शकमाझ आएकी थिइन । स्पेसटाइम नेटवर्क हुँदै उनले च्यानल नेपाल तथा नेपाल टेलिभिजनमा सञ्चारकर्मीका रूपमा काम गरिन् ।
सरिता लामिछानेलाई ‘सिनेखबर डटकम’ को तर्फबाट जन्मदिनको हार्दिक शुभकामना ।