टीभी फिल्मको निर्माणमा र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा चलचित्र ‘पर्व’ निर्माण हुने भएको छ । नायिका नम्रता श्रेष्ठ र ‘मोक्ष’ अभिनेता कोशिश क्षेत्रीलाई लिएर चलचित्र ‘पर्व’ निर्माण हुन लागेको हो । यस विषयमा मंगलबार निर्माणपक्षलृ राजधानीमा भव्य कार्यक्रमका बिच निर्माण घोषणा गरेको छ । टिभि फिल्मीको छैठौ बार्षिकोत्सवको अबसरमा फिल्मको घोषणा गरिएको हो । सो अबसरमा अभिनेता भूवन केसी र निर्देशक तुलसी घमिरेले को बन्छ कलाकारको नामक कार्यक्रमको औपचारिक उद्घाटन पनि गरे । यस्तै कार्यक्रममा सम्बोधन गर्दै टिभि फिल्मीका अध्यक्ष निकिता पौडेलले लुकेर बसेका कलाकारको खोजी गर्ने उद्देश्यले यो रियालिटीको शोको दोश्रो सिजनको सुरुवात गर्न लागेको बताईन् ।
टिभि फिल्मले सुवास ईन्टरटेन्मेण्टसंग सहकाकर्य गर्दै चलचित्र पर्वको निर्माण गर्न लागेको घोषणा गरेको हो । घोषणा गरिएको कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र पर्वको टाइँटल पोष्टर सार्वजनिक गरेका थिए । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । जसले यस अगाडि ‘आइ एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । एउटा पर्वमा घटेको घटनापछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने क्रियाकलापलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिने निर्देशक राउतले जानकारी दिए । यो चलचित्र चैत्रको २५ गते रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा नम्रता र कोशिशका अलवा अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिनाको मुख्य भूमिका रहनेछ । चलचित्रका लागि अन्य २ लीड यूवतीको खोजी भैरहेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा सुवास गिरी र निकिता पौडेलको लगानी रहेनछ । कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी चलचित्रमा रहनेछ । विकास सुवेदी एसोसियट निर्देशक रहने चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा दिनेश राउत रहनेछन् । शान थापा सहयोगी निर्देशकको रुपमा रहने चलचित्रमा कोशिश क्षेत्री र राजन राज सिवाकोटीको संगीत, दिनेश राउत र सिवाकोटीकै शब्द छ । निश्चल बस्नेत, मिना निरौला, केतन क्षेत्री र राजनराज सिवाकोटीले गीतमा स्वर दिनेछन् । चलचित्रको लाइन प्रोड्यूसर विष्णु सुवेदी हुन् ।