छोटो समयमै ठूलो सफलता हात मार्ने नायिका हुन् दीपिका पादुकोण । चलचित्र ओम शान्ति ओमबाट आफ्नो फिल्मी करियर सुरु गरेकी दिपिका छोटो समयमै बलिउडकी सफल नायिकाका रुपमा स्थापित भइन । त्यती मात्र होइन, उनको हलिउड ब्रेकले पनि उनको सफलताको उचाई ह्वात्तै बढेको छ ।
तर उनलाई यती सफलता पर्याप्त भएकै छैन । त्यसैले त उनले अब चलचित्र निर्माण क्षेत्रमा पनि हात हाल्दैछिन् ।
पहिलो ब्रेक नै धमाकेदार बनाउने सोचेकी छिन् । त्यसैले त उनले हलिउड चलचित्रको रिमेक गर्ने तयारी गरिहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनले काम गरिरहेको कथा हलिउड अभिनेत्री एन्जेलिना जोलीको सफल फिल्मको रिमेक हुने चर्चा छ ।
एन्जेलिना अभिनित फिल्म ‘लारा क्रफ्ट’को रिमेक गर्दै दीपिका निर्मात्री बन्न उनी तल्लिन् छिन् । बलिउडमा नम्बर वान नायिकाको छवी बनाउन सफल दिपिकाले निर्मात्रिका रुपमा कति कसफलता हात पार्ने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।