‘बाहुबली : द कन्क्लूजन’ २०१५ मा रिलिज भएको ‘बाहुबली : द बिगनिंग’ को सीक्वल हो । डायरेक्टर एस.एस.राजामौलीको यो फिल्मको पहिलो पार्टले भारतीय बक्सअफिसमा ५०० करोड भन्दा बढीको विजनेश गरेको थियो । फिल्मको ग्राफिक्स, सेट्स, कन्सेप्ट, कहानी र भुमिकालाई दर्शकहरुले निकै रुचाए । सोही फिल्मको दोस्रो भाग साल २०१७ को अप्रिल २८ मा रिलिज हुँदैछ । हालैमा ‘बाहुबली’ फिल्मको अन्तिम श्रृखंला ‘बाहुबली-द कन्क्लुजन’ को सुटिङ सकिएको छ। निर्देशक एसएस राजामौलीले ट्विट गर्दै यसको घोषणा हुन्। फिल्मका मुख्य अभिनेता प्रभाससँग अन्तिम दृश्य खिचेपछि फिल्मको सम्पूर्ण छायाँकन पूरा भएको हो। रिलिजमा ढिलाइ गरिएकाले फिल्म अघिल्लो श्रृखंलाभन्दा मेकिङका हिसाबले झन भव्य हुने अनुमान गरिएको छ। फिल्ममा प्रभास, राना दग्गुबत्ती, अनुष्का शेट्टी, राम्या कृष्नन तथा सत्यराजको भूमिका रहेको छ।