बलीउडका सुपरस्टार सलमान खानले आफूले चलाउँदै आएको चर्चित टिभी रियालिटी शो ‘बिग बोस’ छोड्न सक्ने देखिएको छ। भारतिय संचारमाध्यमका अनुसार, शो का कारण आफ्नो छवि खराब हुँदै गएका कारण सलमानले यस्तो निर्णय लिन सक्ने बताइएको छ । सलमान पछिल्लो सात संस्करणदेखी सो शोका प्रस्तोताका रूपमा रहँदै आएका छन्। यस अघिका संस्करणका ताका पनि उनले शो छोड्ने चर्चा चलेको थियो । शो मा शनिबार र आइतबार मात्र देखिने गरेका सलमानले हाल ती शोका लागि प्रति शो ८ करोड भारू पारिश्रमिक बुझ्ने गरेका छन्।