गएको बर्ष २०१६ मा मलाइका र अरबाज खानको डिभोर्स केश अदालतमा दर्ता भएको खबरले पुरै बलिउडलाई अचम्ममा पार्यो । छुट्टिएर बसेका यी जोडीले एकअर्काप्रति बोल्न पनि रुचाएका थिएनन् । दुई परिवारले अरबाज र मलाइकालाई मिलाउन हरसम्भव प्रयास पनि गरे तर, उनीहरु मानेनन् । उनीहरुको डिभोर्स भइसक्दा पनि सम्बन्ध राम्रो भएको खबर बाहिर आएको छ ।
‘द न्युज’ को एक अन्तर्वार्तामा अरबाज खानले मलाइका अरोराबारे आफ्नो विचार राखेका छन् । मलाइकाको तारिफ गर्दै उनले भने,‘हाम्रो डिभार्स भएपनि सम्बन्ध भने राम्रो रहेको छ । डिभार्स भयो भन्दैमा हरेक कुराको बाटो पनि फरक हुने होइन । हो, हामी अलगअलग बस्छौ । हामी दुईलाई आफ्नो छोराको भविष्यलाई लिएर केही जिम्मेवारी पुरा गर्नुछ । उसको भविष्यको लागि पनि हामी कुरा गर्छौ । हाम्रो सम्बन्धलाई लिएर हाम्रो छोराले कुनै टेन्सन नलियोस् । जब कुनै समय मिल्छ तब हामी सबै परिवार मिलेर रमाइलो गरेर समय बिताउने गर्छौ ।’
उनले थप्दै भने,‘हाम्रो डिभोर्स एक आपसी समझदारीमा भएको हो । तर, आज पनि म उनको परिवारसँग भेट्न गइनै रहन्छु । मेरो र उनको परिवारको सम्बन्ध २१ वर्ष पुरानो हो । यो सम्बन्ध निकै गहिरो छ । मलाइका पनि एक परिपक्क महिला भएका कारण हरेक समस्यासँग लड्न उनी सक्षम छिन् ।’