माइकल ज्याक्सनकी छोरी पेरिस माइकल केथेरिन ज्याक्सनले हालैमा एक लीडिंग म्याग्जिनलाई अन्तर्वार्ता दिने क्रममा सबैलाई चकित बनाउने खुलासा गरेकी छिन् । पेरिसले आफ्नो अन्तर्वार्ताको दौरान बताइन कि उनलाई एक अपरिचित व्यक्तिले शारीरिक शोषण गरेका थिए । त्यस बेला उनको उमेर १४ बर्षको थियो ।
पेरिसले शारीरिक शोषणसँगै आफ्नो लाइफमा भएको डिप्रेशन र ड्रग लिन थालेको घटनाहरुको विषयमा पनि मुख खोलेकी छिन् । पेरिसले भनिन् कि उनका पिता माइकलको डेथपछि कयौं पटक उनले सुसाइड गर्ने कोशिश पनि गरेकी थिइन ।
धेरै पटक आफैलाई काटिन्
पेरिसले अन्तर्वार्ताको क्रममा बताइन्, ‘मैले कयौं पटक आफुले आफैंलाई फिजिकली हर्ट गरे, काटे । मेरो आत्मविश्वास सकिसकेको थियो । मलाई लाग्थ्यो कि म केही पनि सही गर्न सक्दिन । त्यस बेला म आफैले आफुलाई मार्न चाहन्थे र यो सबै कुरा मैले मेरो फेमिलीसँग लुकाउनु पर्थ्यो ।’