स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनूर’ मा मुख्य भूमिका निर्वाहा गरेकी नायिका स्वेता खड्काले नयाँ चलचित्रमार्फत कमब्याक गर्ने भएकी छिन् । बैबाहिक सम्बन्धमा बाँधिएको एक महिनामा नै श्रीमान श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त अबस्थामा रहेकी स्वेताले चलचित्र ‘कान्छी’ बाट कमब्याक गर्न लागेकी हुन । यो चलचित्रमा स्वेता आफैको लगानी रहनेछ । ‘काया फिल्मस’ को ब्यानरमा बन्ने यो चलचित्रलाई ‘कोहिनूर’ निर्देशक आकाश अधिकारीले निर्देशन गर्नेछन् भने नायक दयाहाङ राई स्वेताको अपोजिटमा देखिनेछन् । ‘कान्छी’ नाम सोमबार मात्र स्वेताले चलचित्र विकास बोर्डमा दर्ता गरेर ईजाजत पत्र बुझिसकेकी छिन् ।
‘कान्छी’ नाममा आजभन्दा ३२ बर्ष अगाडी चलचित्र निर्माण भएको थियो, जुन चलचित्रमा शिव श्रेष्ठ र शर्मिला मल्ल मुख्य भूमिकामा थिए । २०७४ को जेठ अन्तिम साताबाट फ्लोरमा जाने तयारी भइरहेको यो चलचित्रको हाल प्रि-प्रोडक्सन कार्य धमाधम भईरहेको छ । प्राप्त जानकारी अनुसार, यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र राजनराज शिवाकोटी र अर्जुन पोख्रेलको संगीत रहनेछ ।