हालैमा लिप सर्जरी गरेर चर्चामा आएकी बलीउड अभिनेत्री आयशा टाकियाले फोटोसुट गरेकी छिन् । यो फोटोसुटमा आयशा निकै सुन्दर देखिएकी छिन् । केही दिन अगाडी बाहिरिएको सर्जरीवाला तश्वीरपछि आयशाले निकै आलोचनाको समेत सामना गर्नु परेको थियो । त्यसको केही दिनपछि उनले आफ्नो इन्स्टाग्राममा एक तश्वीर पोष्ट गरेर आफ्ना आलोचकहरुलाई राम्रै जबाफ दिइन् । अहिले आयशाको फोटोसुटका यी तश्वीर हेर्दा उनी पहिला जस्तै सुन्दर देखिन्छिन् ।
तपाईहरुलाई बताइदिउँ कि, आयशाले आफ्नो ओठको सर्जरी गरेकी थिइन, जुन तश्वीरहरु सोसल मिडियामा खुबै भाइरल बनेको थियो । केही व्यक्तिहरुले आयशाको यो सर्जरीलाई लिएर सामाजिक सञ्जालमा आलोचना पनि गरे भने धेरैले आयशको उक्त फैसलालाई समर्थन पनि गरे ।