यस बर्षको प्रतिक्षित फिल्म ‘बाहुबली २’ र अक्षय कुमार र रजनीकान्तको ‘२.०’ मा कडा टक्कर देखिएको छ । दुबै फिल्मले रिलिज पुर्व धेरै रेकर्ड बनाउन सफल भएका छन् । बाहुबली २ को ट्रेलरले न्यूओर्सको मामलामा रजनीकान्तको फिल्म कबालीको रेकर्ड तोडेको छ । त्यस्तै, ‘२.०’ ले सेटलाइट राइट्स मामिलामा भने ‘बाहुबली २’ लाई पछाडि पारेको छ । ‘२.०’ को हिन्दी, तेलुगु र तमिल भर्जनका सेटलाइट राइट्स ११० करोडमा बिकेको छ भने बाहुबली २ को ७८ करोडमा सन्तुष्ट रहन परेको थियो ।