हलीउड गायक एड शीरन अहिले निकै चर्चामा छन् । एड शीरनलाई अहिले मात्र २ बर्षको बच्चाले टक्कर दिइरहेको छ । शेप अफ यू सिंगरको डुब्लिकेट बच्चा अहिले सोसल मिडियामा निकै भाइरल बनिरहेका छ । उनको अनुहार एड शीरनसँग यति मिल्छ कि मानिसहरु भनिरहेका छन् कि उक्त बच्चा असलीमै शीरन हुन ।
इंग्ल्याण्डमा रहने जोले आफ्नो दुई बर्षको बच्चा इस्लाको तश्वीर फेसबुक र इन्स्टाग्राममा शेयर गरेकी छन् । फोटो शेयर गरेको केही समयपछि मानिसहरु कमेन्ट गर्न थाले र भन्न थाले बच्चा एड शीरनको टू कपी हो । बच्चाकी आमा जोले भनेकी छिन्, ‘यो पागलपन जस्तै हो । सबै लामो समयदेखी भनिरहेका छन् कि इस्ला एड शीरन जस्तै देखिन्छिन् तर मैले अहिलेसम्म यस विषयमा सोचेकै छैन ।’