यही चैत २५ गतेबाट अनमोल केसी स्टारर मूभी ‘कृ’ फ्लोरमा जाँदैछ । लामो समयदेखी अनमोल केसीलाई स्क्रिप्ट चित्त नबुझेका कारण चलचित्र फ्लोरमा जान सकेको थिएन । हालैमा अनमोलले फाइनल स्क्रिप्ट अध्ययन गरेपछि चलचित्र ‘कृ’ चैत २५ गतेबाट फ्लोरमा जान लागेको हो । खबर त यो पनि बाहिरिएको थियो कि अनमोललाई चलचित्र ‘कृ’ को स्क्रिप्ट चित्त बुझेन र उनले काम गर्न नै अस्वीकार गरेका छन् तर बिसौं पटक पुर्नलेखन गरिएको स्क्रिप्ट अध्ययन गरेपछि उनी काम गर्न राजी भएको स्रोत बताउँछ । अनमोललाई स्क्रिप्ट चित्त बुझाउन चलचित्रका लेखक प्रदीप भारद्धाजले बिसौं पटक स्क्रिप्ट पुर्नलेखन गरेका थिए । यो चलचित्रमा अनमोलले नव-नायिका आदिती बुढाथोकीसँग रोमान्स गर्दैछन् । आदिती लामो समयदेखी मुम्बईमा बस्दै आइरहेकी छिन् । आदिती चलचित्र ‘कृ’ का लागि नेपाल नआउनुले पनि विभिन्न आशंकाहरु उब्जिएका थिए तर केही दिन अगाडी मात्र उनी नेपाल आइसकेकी छिन् । खबरका अनुसार, उनी गएको बिहिवार चलचित्र ‘कृ’ का लागि नेपाल आएकी हुन । आदितीले यो जानकारी आफ्नो इन्स्टाग्राममार्फत पनि दिएकी छिन् । अनमोलले २० लाख पारिश्रमिक लिएको खबरदेखी सुरु भएको चलचित्र ‘कृ’ को चर्चा अहिले पनि उतिक्कै छ । अर्को बर्षको भदौ ८ गतेलाई रिलिज डेट समेत लक गरिसकिएको यो चलचित्रलाई सुवास गिरी र अनमोलका पिता भूवन केसीले मिलेर निर्माण गर्न लागेका हुन । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह–निर्मातामा श्री पराजुली रहेका छन् ।