चलचित्र ‘झेली’ की हिरोइन को हुन ? सायद यो कमैलाई थाहा होला किनकी अहिलेसम्म ‘झेली’ मा काम गरेकी हिरोइनको बबालै काम दर्शकहरुले देख्न पाएका छैनन् । तर, सेक्सी फिगर र हट परिहनका कारण उनको चर्चा भने खुबै हुने गर्छ नेपाली सिनेवृतमा । ति अभिनेत्री हुन सुरविना कार्की । सुरविनाले ‘झेली’ सँगै ‘लुकामारी’, ‘नाईके’ लगायतका चलचित्रमा समेत काम गरेकी छिन् तर उनलाई चिनाउने चलचित्र भने कुनै बनेनन् । तर, उनले आफुलाई अझ अभिनयमा निर्खान भने अभिनय कोर्ष सिकिरहेकी थिइन र अब उनले अभिनयमा स्नातक पनि सकाएकी छिन् । करिब एक बर्ष देखी बलीउड अभिनेता अनुपम खेर सञ्चालक रहेको ‘एक्टर प्रिपरेन्स – द स्कूल अफ एक्टर्स’ बाट सुरविनाले हालैमा अभिनयमा स्नातक गरेकी छिन् । आइतबार मुम्बईमा आयोजित एक कार्यक्रमका बीच उनले बलीउड अभिनेता अनुपम खेरको हातबाट अभिनयमा स्नातक गरेको प्रमाणपत्र प्राप्त गरेकी हुन । आफू अनुपम खेरको शिष्य हुन पाउँदा निकै गर्व महशुस गरेकी बताउँदै सुरविनाले अब नेपाल आएर पूर्ण रुपमा चलचित्र अभिनयमा लाग्ने बताइन् । सुरविनाले १ बर्षसम्म अनुपम खेलको उक्त एक्टिंग स्कूलमा अभिनयको कोर्ष सिकिरहेकी थिइन । म्यूजिक भिडियो हुँदै अभिनयमा प्रवेश गरेकी सुरविनालाई बोल्ड अभिनेत्रीको रुपमा चिन्ने गरिन्छ ।