‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ यो प्रश्नको जवाफ अहिलेसम्म दर्शकहरुले पाउन सकेका छैनन् । तर, खबर यो छ कि अब फिल्मको सेकेण्ड पार्ट ‘बाहुबली : द कन्क्लूजन’ रिलिज भएपछि यो प्रश्नको उत्तर पनि पाइनेछ । यो फिल्म २८ अप्रिल, २०१७ मा रिलिज हुँदैछ । त्यसो त फिल्मको बजेटको कुरा गर्ने हो भने करिब २५० करोडमा निर्माण भएको हो । फिल्ममा जोडिएका यस्ता कयौं किस्साहरु छन्, जुन प्राय कसैलाई थाहा छैन । भारतीय मिडियाका अनुसार, यो फिल्मको क्लाइमेक्स सिन सुट ३० करोड भारु खर्च भएको छ । यो सिन करिब २० मिनेटको छ । फिल्मको फर्स्ट पार्टको क्लाइमेक्स सिन सुटका गर्नका लागि १५ करोड लागेको थियो ।
बाहुबलीका डायरेक्टर एसएस राजामौलीका अनुसार, यो फिल्मकोे तेस्रो पार्ट पनि बन्ने छ । तर, अहिलेसम्म निर्माणपक्षले यसको औपचारिक जानकारी भने दिएको छैन ।