माथीको कुराले तपाईहरुको मनमा विभिन्न प्रश्नहरु उब्जिाउन सक्छ, नायक दयाहाङ राईले कसरी केकी अघिकारीसँग बिहे गरे ? उनी त यसअघि नै विवाहित व्यक्ति हुन ? लगायत-लगायत । हो, नायक दयाहाङ राई बेनुका राईको रियल लाइफका दुलहा हुन । तर, बैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘घामपानी’ मा भने दयाहाङले नायिका केकी अघिकारीसँग विवाह गरेका छन् । जुन हामीले यसअघि सार्वजनिक भएको चलचित्र ‘घामपानी’ को ‘तामाङ सेलो’ गीतमा पनि देख्न सक्छौं । चलचित्रको पर्दामा धेरै नायिकाहरुको प्रेमी बनेका दयाहाङ राई रियल लाइफमा भने कति जना यूवतीका प्रेमी थिए ? सायद यो प्रश्न आम दर्शकहरुको हुन सक्छ, यसलाई दयाहाङले सोमबार पत्रकार भेटघाटको क्रममा खुलाए । उनले भने, ‘मेरो कसैसँग पनि विवाह अगाडी लभ परेन । म राई समुदायमा हुर्केको, जहाँको संस्कार नै यस्तो छ कि अन्य समुदायका यूवतीहरुलाई दिदी-बहिनी मानिन्छ । त्यसैले पनि म अन्य समुदायका यूवतीहरुको प्रेम सम्बन्धमा परिन् । मेरो कुनै पनि यूवतीसँग लभ नै नपरी विवाह भयो ।’
‘म भोजपुरमा जन्मिए जहाँ अन्य समुदायको बसोबास कम नै छ र भैहाले पनि हाम्रो मितेरी सम्बन्ध हुन्छ’, दयाहाङले अगाडी थप्दै भने, ‘हाम्रो सात पुस्तासम्मलाई पनि आफन्त मानिन्छ । त्यसैले पनि विवाह अगाडी लभमा पर्ने चान्स नै थिएनँ ।’
तपाईहरुलाई बताइदिउँ, दयाहाङले चलचित्र ‘घामपानी’ मा बाहुनकी छोरी केकी अघिकारीसँग विवाह गरेका छन् ।
त्यस्तै, नायक दयाहाङ राईले चलचित्र ‘घामपानी’ अन्तरजाती प्रेमकथामा आधारित रहेको बताए । ‘हेर्दा सामान्य लागेपनि ‘घामपानी’ को कथावस्तु गम्भिर छ । मेरो लागि घामपानी विशेष छ किनभन्दा चलचित्रको कथावस्तु अहिलेको समय सान्दर्भिक छ ।’, उनले भने ।
चलचित्रका निर्देशक दीपेन्द्र लामाले ‘घामपानी’ ले दुई फरक समुदायका युवा र यूवतीबीचको प्रेमलाई उठान गरेको बताए । उनले भने, ‘चलचित्रले नेपाली दर्शकहरुलाई मनोरञ्जन दिनेमा म ढुक्क छु । पछिल्लो समय हामीले धेरै सुन्दै पनि आइरहेका छौं कि भिन्न-भिन्न जातीका यूवा र यूवतीबीच विवाह हुँदा समाजमा घटेका घट्नाहरु र दुई परिवारबीच उत्पन्न हुने विभिन्न समस्याहरु । मैले यही सेरोफेरीमा ‘घामपानी’ तयार पारेको छु । दुई फरक जातीका यूवा र यूवतीबीच प्रेम रहँदा उत्पन्न हुने सामाजिक समस्यादेखी उनीहरुले गर्ने संघर्षको कथा ‘घामपानी’ ले बोल्छ ।’
चलचित्रमा दयाहाङको अपोजिटमा नायिका केकी अघिकारी छिन्, जो अहिले अष्ट्रेलिया टूरमा छिन् ।