गएको शुक्रवार अर्थात नयाँ बर्षको दिनबाट नेपाली हलहरुमा प्रदर्शन भैरहेको नायक निखिल उप्रेती स्टारर मूभी ‘राधे’ मा एउटा संवाद समावेश गरिएको छ, ‘बाउ लेखेटेर आमा बेचेर खानेहरुसँग कसरी मिलेर बस्ने ?’ यो संवादलाई अहिले विभिन्न व्यक्तिहरुले फरक-फरक ढुंगले ब्याख्या गरिरहेका छन् । यो संवादले नेपालबाट हटिसकेको राजतन्त्रको समर्थन गरेको आरोप पनि लागेको छ । चलचित्र ‘राधे’ का निर्माता सुशिल पोख्रेल आफ्नो फेसबुकमा एक स्टाटस कोर्दै यो संवादले गर्दा आफूहरुलाई राजतन्त्रको समर्थनको आरोप लागेको उल्लेख गरेका छन् । उनले स्टाटसमा आरोप जे लागेपनि आफुहरुको यो स्वच्छ विचार भएको बताए । यो बिषयमा सुशिलले भने, ‘यो हामीले सांकेतीक रुपमा उठान गर्न खोजेका हौ । चलचित्रमा सिधै नभनिएतापनि सांकेतिक रुपमा राजतन्त्रकै समर्थन गर्न खोजिएको हो ।’
निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी, शिशिर भण्डारी लगायतका कलाकारले मुख्य भूमिका निर्वाहा गरेको यो चलचित्रले ओपनिङ व्यापार आक्रमक गरेको थियो । प्राप्त खबर अनुसार, ‘राधे’ को विजनेश करोड ग्रस छ । जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राधे’ मा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको छ ।