वलिउड अभिनेत्री रविना टण्डनको नयाँ फिल्मलाई सेन्सर वोर्डले प्रतिवन्ध लगाएको छ । उनको नयाँ फिल्म ‘मातृ’मा अधिकांश दृश्य हिंस्रक रहेको तथा संवादमा गाली गलौच समावेश भएको अनि त्यो सबै सेन्सर वोर्डको भावना विपरीत रहेको भन्दै सेन्सरमै रोकिएको हो ।
वलिउड अनलाईन दैनिक भास्करले लेखेको छ कि, ‘निर्माण ईजाजतको समयमा बुझाईएको ‘मातृ’को स्कृनप्ले अनि निर्माण भईसकेर आउँदा त्यो पुर्णतः फरक पाईएको भन्दै फिल्म लाई जाँचपासमै सेन्सर वोर्डले रोकेको हो ।
सेन्सरको समयमा वोर्डको भावना विपरित फिल्म भेटेपछि सदस्यहरु बीचमै फिल्म हेर्न छाडेर हिँडेको बताईएको छ । तर यो विषयमा रविनाले वोर्ड पुरानै ढर्रामा अनि पुरानै नियम कानुनमा चलेको भन्दै पछिल्लो निर्णयप्रति आपत्ति जनाएकी छिन् । यो बीचमा पनि दृश्य काँटछाँट पश्चात फिल्मले ‘एडल्ट’ सर्टिफिकेट पाउन सक्ने वलिउड अनलाईनले लेखेका छन् ।