काठमाडौं । काठमाडौंको ओस्कार कलेज अफ फिल्म स्टडिज र सिंगापुरको सिंगापुर इनफिनिट स्टुडियोबीच फिल्म निर्माण, वितरण, प्रदर्शनलगायत विविध विषयमा आपसी सहकार्यको सम्झौता भएको छ ।
मंगलबार ओस्कार कलेजमा आयोजित एक कार्यक्रममा स्टुडियो र ओस्कार कलेजबीच आगामी सहकार्यका लागि सम्झौता भएको हो । सम्झौतामा कलेजका तर्फबाट सिईओ बिनोद पौडलले र सो स्टुडियोका तर्फबाट अध्यक्ष सुयीमोले हस्ताक्षर गरिन् ।
सिंगापुर इनफिनिट स्टुडियोसँगको सहकार्यले नेपाली फिल्मलाई अब अन्तर्राष्ट्रिय बजारमा आधिकारिक रुपमा जाने बाटो खुलेको कलेजका सिईओ विनोद पौडेलले बताए । सोही स्टुडियोमार्फत मौलिक नेपाली फिल्म निर्माणमा लगानी भित्रने विश्वास पनि पौडेलले कार्यक्रममा व्यक्त गरे ।
स्टुडियोसँगको सम्झौताले नेपाली फिल्म उद्योगलाई ठुलो फाईदा पुग्ने भनाई उनको थियो । कलेजको विद्याथीहरुलाई छात्रवृत्तिसँगै अन्तर्राष्ट्रिय फिल्ममा अबसर दिने सिंगापुर इनफिनिट स्टुडियोको घोषणाले आफु निकै खुसी भएको पनि सिइओ पौडेलले बताए ।
दक्षिण एशियाकै ठुलो मध्यको स्टुडियो सिंगापुर इनफिनिट स्टुडियो रहेको जानकारी गराउँदै फिल्म निर्माणको सम्पूण सुविधा सो स्टुडियोमा भएको अध्यक्ष सुयीमोले बताईन् । इन्डोनेसियाको एउटा आईल्याण्डलाई सुटिङ स्टुडियो बनाएको उनले जानकारी गराईन् ।
कार्यक्रमबा बोल्दै अध्यक्ष सुयीमोले भनिन्,‘हामी आगामी दिनमा यस ओस्कार कलेजका विधाथीहरुलाई हामीले निर्माण गर्न विभिन्न फिल्म तथा प्रोजेक्टमा सहभागी गराउने छौं । ओस्कार कलेजका तर्फबाट निर्माण हुने फिल्महरुलाई हामी अन्तारष्ट्रिय बजारमा पु¥याउने छौं ।’ उनले आफ्नो स्टुडियो दक्षिण पूर्वी एशियाकै ठुलो फिल्म स्टुडियोको रुपमा बिकसित हुन लागेको जनाईन् ।
सो स्टुडियोका तर्फबाट अध्यक्ष सुयीमोले ओस्कार कलेजका लागि विभिन्न उपकरण पनि हस्तान्तरण गरिन् । उनले सिईओ पौडेललाई सोनीको ए सेभेन फेर के क्यामेर, ६ ओटा प्राईमरी लेन्स, पोर्टेट प्रोजेक्टर सहित विभिन्न उपकरणहरु प्रदान गरेकी हुन् । यस्तै उनले सो कलेजका पाँच विद्यार्थीलाई चलचित्र अध्ययनका लागि सिंगापुर इनफिनिट स्टुडियोका तर्फबाट छात्रबृत्ति प्रदान गरिन् ।
अध्यक्ष सुयीमोले विद्याथीहरुलाई बिएफएस तेस्रो वर्षका लागि जनही ३५ हजार रुपैयाँ छात्रबृत्ति प्रदान गरेकी हुन् । तेस्रो वर्षका विधार्थी इशान भूषाल, अमेश भण्डारी, अँकित पौडेल, रिजन गजुरेल र मार्टिन भण्डारीले आफ्नो प्रोजेक्ट वर्कको आधारमा छात्रबृत्ति पाएका हुन् । ती विद्यार्थीहरुले तयार गरेको मिजानसिन प्रोजेक्ट वर्क पनि सोही कार्यक्रम प्रदर्शन गरिएको थियो ।