लामो समयदेखि घाँटीमा समस्या उत्पन्न भएपश्चात स्वर गुमाउँदै गएका कलाकार दीपक क्षेत्रीलाई क्यान्सर भएको पुष्टि भएको छ । हिमाल अस्पताल नक्सालका वरिष्ट डाक्टर विमल सिन्हाको टोलीले गत हप्ता गरेको घाँटीको सल्यकृया पश्वात भएको चेक जाँचबाट क्षेत्रीलाई ‘भोकल कर्ड’ क्यान्सर भएको देखिएको हो ।
‘भोकल कर्ड’ क्यान्सर भएकै कारण क्षेत्रीको स्वर गुम्दै गएको पुष्टि भएको हो । यो क्यान्सरलाई डाक्टर सिन्हाले पहिलो स्टेजको क्यान्सर भनेका छन् । रिपोर्ट पश्चात डाक्टर सिन्हाको टोलीले क्षेत्रीको उपचारको लागी ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचारको लागी सिफारिस गरेको छ ।
उपचारमा संलग्न डाक्टरले क्षेत्रीको उपचारको लागी कम्तिमा डेढ महिना लाग्ने बताएका छन् । उनलाई रेडियो थेरापी पद्धतीबाट उपचार गरिनेछ । हप्तामा ५ दिन रेडियो थेरापी गर्नुपर्ने र त्यसमा ६ हजार ६ सर ”र्याट’ रेडियो थेरापीको डोज दिनुपर्ने बताईएको छ ।
लामो समयदेखि रोगले थलिएका क्षेत्रीको उपचारको लागी मिडियामा समाचार र अन्तर्वार्ता आएसँगै चलचित्र पत्रकार संघले सहयोग अभियान सुरु गरकेो थियो । हालसम्म उनको उपचारको लागी ३० लाख बढि रकम संंकलन भईसकेको छ ।