फिल्म ‘मायाज बार’ रिलिज भएको करिब ६ बर्ष पुगेको छ । उक्त फिल्मबाट अभिनेता गजित बिष्टले नेपाली रजतपटमा डेब्यू गरे अभिनेत्री नीशा अधिकारीको साथ । तर यो बीचमा नीशा र गजित एकसाथ कहिल्यै देखिएनन् । अब भने एक फिल्मले जुराएको छ यो जोडीलाई पुनः एकसाथ पर्दामा आउन ।
चितवनमा धमाधम छायांकन भइरहेको फिल्म ‘पोखरेली काली’ नामको फिल्ममस गजित र नीशा एकसाथ स्कृन सेयर गर्दैछन् । विमल पौडेलले फिल्मलाई निर्देसन गरिरहेका छन् । फिल्ममा यी दुईसँगै लय संग्रौला, सरोज खनाल, सुवास गजुरेल र विरेन डिसी लिड अभिनयमा छन् ।
रेड हाउसको ब्यानरमा बनेको फिल्ममा विपिन कार्कीको संगीत छ भने नृत्य निर्देशन गोविन्द राईले गरिरहेका छन् । लक्षमण घिमिरेले खिचिरहेको फिल्मको कथा पनि निर्देशक पौडेलको नै हो ।