आशुसेन फिल्मस् को ब्यानरमा बनेको फिल्म ‘प्रेमगीत २’ को नयाँ गीत रिलिज गरिएको छ । ‘विस्तारै विस्तारै’ बोलको गीतमा पश्चिम नेपालको कोहलपुरदेखि मुगु जिल्लामा रहेको प्रसिद्ध ताल रारासम्मको यात्रालाई जोडिएको छ ।
लिड अभिनेता प्रदिप खड्का र अभिनेत्री अश्लेशा ठकुरी गीतमा फिचरिङमा छन् । गीतमा प्रदिप र अश्लेशाको यात्रिय प्रेम झल्केको छ । रमणिय दृश्यले भरिएको गीतको लोकेशन आकर्षक लाग्छ । गीतमा रोहितजंग क्षेत्रीले सुमधुर संगीत भरेका छन् ।
श्रावण १३ मा रिलिज हुने फिल्मको सार्वजनिक गीतमा शब्द पनि रोहितको नै छ । सन्तोष सेनको निर्माणमा बनेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका छन् । फिल्ममा रारादेखि थाईल्याण्ड हुँदै बर्मासम्मका दृश्यहरु समावेश छन् ।
प्रदिप र अश्लेशासँगै ‘प्रेमगीत २’ मा श्रद्धा प्रसाईं, भुवन चन्द, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, सन्तोष के कार्की लगायत अभिनयमा छन् । फिल्मको यसअघि सार्वजनिक टाईटल गीत र पार्टी गीत युट्युवमा हिट भईसकेका छन् ।
हेर्नुहोस गीतः