कात्तिक महिनाको पहिलो हप्ता ३ फिल्म ‘कृ’, ‘रुद्रप्रिया’ र ‘ऐश्वर्य’ एक साथ प्रदर्शनमा आउने हल्ला थियो। कात्तिक १ गते ‘ऐश्वर्य’,कात्तिक २ गते ‘रुद्रप्रिया’ र कात्तिक ३ गते ‘कृ’। तर यी ३ फिल्म मध्ये २ फिल्मले आफ्नो रिलिज मिति हेरफेर गरेका छन्। कात्तिक १ गते आउने भनिएको फिल्म ‘ऐश्वर्य’ एक दिन पछाडी धकेलिएको छ। अब भने ‘ऐश्वर्य’ कात्तिक २ गते देखि नै प्रदर्शनमा आउन लागेको हो। अन्तत: त्यस दिन रेखा थापा स्टारर फिल्म ‘रुद्रप्रिय’ र रमेश उप्रेती स्टारर फिल्म ‘ऐश्वर्य’ एक साथ रिलिज हुदै छन्।
त्यस्तै अनमोल केसी स्टारर फिल्म ‘कृ’ भने त्यस बेला नआउने पक्का भएको छ। दुई पटक प्रदर्शन मिति सारीसकेको ‘कृ’को छायाँकनको काम सक्न अझै समय लाग्ने भएकाले प्रदर्शन मिति सारिएको निर्माता तथा अभिनेता भुवन केसीले जानकारी दिएका हुन्। अब भने फिल्मको फिल्मको पोष्ट प्रोडक्सनको काम सकेपछि मात्र रिलिज मिति घोषणा गरिने फिल्मका निर्माता सुवास गिरीको भनाइ छ।