मुम्बई(एजेन्सी) । आफ्नो आउन लागेको फिल्म ‘सीक्रेट सुपरस्टार’को ट्रेलर सार्वजनिक भएपछि अभिनेता आमिर खानको नयाँ लुक्स प्रति सबैले तारिफ गरेका छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा भने आमिरले आफु शाहरुख खान र सलमान खानको फ्यान भएको बताएका छन् । उनले तीन खानहरु एक भन्दा अर्को अलग भएको दाबीसमेत गरेका छन् । उनले आफ्नो काम कोही अन्यसँग नदाँज्ने पनि बताए ।
आमिरले हरेक हिसाबले क्रिएटिभ कामको नतिजा अनिश्चित हुने पनि बताए । उनलाई पत्रकारले के आमिर पनि शाहरुख र सलमानको जस्तै स्टारडम पाउने इच्छा राख्छन् ? भनेर प्रश्न सोधेका थिए । जवाफमा आमिरले आफू जहाँ रहे पनि खुशी रहेको बताएका थिए । ‘मलाई लाग्छ कि दर्शकसँग मेरो राम्रो सम्बन्ध छ । यो सम्बन्ध मैले यति धेरै वर्षदेखि पाइरहेको छु । म यसका लागि खुशी र आभारी छु ।’ उनले भनेका छन् ।
उनले सलमान र शाहरुख दुवै ठूलो स्टार भएको बताए । आफू उनीहरुको प्रशंसक भएकाले उनीहरुको स्तरमा आफूलाई नपु¥याउन पनि घुमाउरो पारामा आग्रह गरे । फिल्म ‘सीक्रेट सुपरस्टार’ दंगलवाली सानी गीता जायरा वसीम लीड रोलमा छिन् । अद्वैत चन्दनको यो फिल्म अक्बुटबर १९ मा रिलिज हुँदैछ ।