बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को दोश्रो गीत रिलिज भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो।सार्वजनिक ‘म त यता किनारमा’ (झ्याम्म झ्याम्म) बोलको गीतमा किरण कंडेलको संगीत रहेको छ भने हरिवश आचार्य र आस्था राउतले स्वर दिएका छन्। पुरुषोत्तम प्रधानले खिचेको भिडियोमा दिपकराज गिरी, प्रियंका कार्की, विल्सन विक्रम राई र बुद्धि तामाङले नृत्य गरेका छन्। भिडियोको कोरियोग्राफर कविराज गहतराज हुन्।
दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा दिपक, प्रियंका र बुद्धिसँगै केदार घिमिरे, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय छ। ‘छक्का पन्जा २’का कार्यकारी निर्माता विकाश आचार्य हुन्।
फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले संयुक्त रुपमा लेखेका हुन्। दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा दीपकराज, जीतु नेपाल, माग्ने बुढा, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ।