गायिका मेलिना राईको स्वर रहेको ‘तल्ला घरे साइँला’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा एसडी योगीको संगीत रहेको छ भने गीतमा दीपेन्द्र घिमिरेको शब्द समावेश छ। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारी को छायाँकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
सार्वजनिक भिडियोमा गौरव पहारी र मोडल वेबो आचार्य फिचरिंग छन्। चन्द्र गौतमले निर्माण गरेको भिडियो हेर्दा निकै आकर्षक लाग्छ।