सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘बाबु कान्छा’को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै
फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘चन्द्रमा झैँ राम्री छौं’ बोलको गीत फिल्म ‘कर्णविर’मा समावेश गीतको रिमिक्स भर्सन हो। गीतमा सलोन बस्नेत, मेलिना राई र ओम सुनारको स्वर समावेश छ।
डान्सिङ फ्लेवरको गीतमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ ऋतिक शाही लगायतका कलाकारहरु फिचरिङ छन्। दिपेन्द्र तिमल्सिनाको करियोग्रफी गरेको भिडियोलाई बाबु श्रेष्ठले खिचेका हुन्। भिडियोको सम्पादन गौतम राज खड्काले गरेका हुन्।
मंसिर १५ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मलाई शोभित बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा सलोन, करिश्मा र ऋतिकसंगै एसलिन ज्ञवाली, ज्योत्सना सापकोटा, सरोज खनाल, नीर शाह, राजाराम पौडेल लगायतको अभिनय रहेको छ।
हेर्नुहोस् भिडियो :