नेपाली फिल्म क्षेत्रमा अभिनेत्री प्रियंका कार्कीको ग्ल्यामर अवतारको जति चर्चा गरेपनि सकिदैन । अभिनेत्री करिश्मा मानन्धरपछि, पहिरनमा सबैभन्दा बढी सजग कोही छ भने, ती अभिनेत्री कार्की नै हुन् । यसैले, फिल्मको पर्दामा पनि अभिनेत्री कार्कीलाइ दर्शकले बोल्ड एन्ड ब्यूटी अवतारमा नै खोज्छन् ।
तर, फिल्म क्षेत्रमा आएको लामो समय र विगत केही बर्षदेखि नम्बर १ पोजिशनमा रहेकी अभिनेत्रीले अब आफ्नो भूमिका बदल्न थालेकी छिन् । वा, अभिनेत्री कार्की फिल्म क्षेत्रका टिक्नका लागि अफर आएका जस्तो पनि भूमिका गरिरहेकी छिन् ।
फिल्म ‘नाइ नभन्नु ल’को सिरिजबाट नबाहिरनका लागि कार्कीले आमाको भूमिका निर्वाहा गरिन् । कारण, यो फिल्मको जुनसुकै सिरिज पनि हिट थियो । प्रियंका हिट सिक्वेलबाट बाहिर हुन चाहदैनथिन्, यसैले उनले सारी र पावरवाला चश्मा लगाएर काम गरिन् ।
फिल्म ‘छक्का पन्जा’ टिमबाट पनि उनी बाहिर हुन चाहन्नन् । कारण, हिट फिल्मको नाम लिदा उनलाइ पनि क्रेडिट जाने पक्का छ । यसैले, यो फिल्मको दोश्रो सिक्वेलमा उनी आमाको भूमिकामा देखिइन् । आमाकै भूमिका सहि, प्रियंकाले हिट फिल्मको क्रेडिट लिइ छाडिन् ।
हिरोइनबाट आमा बनेरै भएपनि प्रियंका, फिल्म क्षेत्रमा लामो समयसम्म टिक्ने दाउमा लागेको पक्का हुन्छ ।