अभिनेत्री कंगना रनावत र अभिनेता ऋतिक रोशनको प्रेम चर्चा गर्माइरहेको छ । कंगनाले लामो समयदेखि ऋतिकमाथि एकहोरो हमला गरिरहेकी थिइन् । ऋतिकले यो बिषयमा आफ्नो मुख खोलेका थिएनन् । तर, पहिलो पटक ऋतिकले लाइभ इन्टरभ्यूमा कंगनासँगको प्रेम र चर्चाको बारेमा मुख खोलेका छन् । ऋतिकले कंगनालाइ लिएर के भने, वुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छः
१. मैले धेरै नै सहेँ । मलाइ चुप बस्न सल्लाहा दिइएको थियो । म यो बिषयमा कुरा गर्न अझै सहज महशुश गरिरहेको छैन । तर, अब मैले बोल्नुपर्छ ।
२. कंगना र मेरो भेट सनु २००८ वा २००९ मा फिल्म ‘काइट्स’को छायांकनका क्रममा भएको थियो । हामी मात्र साथी थियौँ । मबाट उनी निकै प्रभावित रहेको बताउथिन् ।
३. फिल्म ‘कृष ३’को छायांकनको समयमा कंगनाले मलाइ उनका ट्रेनिङको भिडियोहरु पठाउने गरेकी थिइन् । मैले त्यसमा प्रतिक्रिया दिने गर्थेँ ।
४. फिल्म ‘कृष ३’को छायांकन सकिएपछि पार्टी राखिएको थियो । सो पार्टीमा कंगनाले मलाइ अब करिअरलाइ कसरी अगाडि बढाउँदा ठिक होला भनेर सोधेकी थिइन् । मैले, म निकै थाकेकी छु, बिहान गफ गरौला भन्दै कोठामा गएँ । तर, कंगनाले राती मेरो कोठाको ढोका निकै समय ढक्ढकाइन् । बिहान, उनकी बहिनी आएर मसँग माफी मागिन् ।
५. कंगनार मेरो आमुन्ने सामुन्ने भएर कहिले पनि भेटघाट भएको छैन ।
६.म निकै डराएको थिएँ । कंगना एक हाइ प्रोफाइल महिला हुन् । मलाइ मेरो हातबाट सबै कुरा बाहिर गएको महशुश भैरहेको थियो । तर, जब मामला थोरै चिसियो, अनी मैले मेरा पितासँग कुराकानी गरेँ ।