अभिनेता सलोन बस्नेतले फिल्म ‘ए मेरो हजुर २’बाट निकै चर्चा पाए । यो फिल्ममा उनले अभिनय गरेको दर्शकले खुबै रुचाए । दर्शक होल्ड गर्नमा सलोनकै ठूलो हात रहेको थियो । तर, सलोनल अभिनयमा हिट भएपनि सोलो रुपमा भने बक्स अफिसमा फिट हुन सकेका छैनन् । यसैले पनि सलोनलाइ हिट हुनका लागि कुनै न कुनै मुख्य हिरोको साथ चाहिन्छ ।
तर, अभिनेता सलोन बस्नेत अब आफू ‘सोलो’ फिल्ममा मात्र देखिने बताउँछन् । आफूले यस अगाडि केही गल्तीहरु गरेको भन्दै सलोनले अब ती गल्तीहरुबाट पाठ सिक्ने बताएका छन् ।
सलोनले अभिनय गरेका सोलो फिल्महरु असफल भएका छन् । सलोन यसको कारण आफू नै रहेको बताउँछन् । आफूले काम गर्दा, फिल्म छनोट गर्दा वा प्रमोशनमा बढी ध्यान दिएको भए चल्न सक्ने भन्दै गल्ती आफूले नै गरेको उनको भनाइ छ ।