संजयलिला भन्साली निर्देशित नयाँ फिल्म ‘पद्यमावती’को ट्रेलर सार्वजनिक भएको छ । संजयलिला भन्साली ऐतिहासिक कथालाइ निकै उच्च क्यानभासमा उतार्न सिपालु छन् । यसैले पनि उनको फिल्मबाट दर्शकले उच्च अपेक्षा गरेका छन् । सोमबार फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा अहिले सामाजिक संजालमा खुबै भैरहेको छ ।
सामाजिक संजालमा फिल्ममा खिलाजीको भूमिकामा देखिएकी अभिनेता रणवीर सिंहको भूमिकालाइ लिएर खुबै प्रशंसा भैरहेको छ । उनै, रणवीर दर्शकबाट प्राप्त भएको प्रतिक्रियाले अत्यन्तै उत्साहित देखिएका छन् । उनै रणवीरले ट्रेलर सार्वजनिक भएपछि इन्स्ट्राग्राममा आफ्ना फ्यानसँग लाइभ भिडियोमा कुराकानी गरे । उनका फ्यानले दिएको प्रतिक्रियाले उनी लाइभमै निकै भावूक देखिएका छन् ।
डिसेम्बर १ तारिखमा रिलिज हुने यो फिल्मको शिर्ष भूमिकामा अभिनेत्री दीपिका पादुकोण देखिएकी छिन् भने उनको पतिको भूमिकामा अभिनेता साहिद कपुर देखिएका छन् ।