हङकङ, मलेसिया र कतारमा आयोजना गरिसकिएको ‘नेफ्टा अवार्ड’ को आगामी संस्करण पुस ८ गते (डिसेम्बर २३) मा यूएईको दुबई शहरमा हुने भएको छ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्दै नेपाली कला सस्कृतिलाई विश्व बजारसम्म पुर्याउन तथा नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजारीकरण गर्न नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा हुने ‘नेफ्टा अवार्ड’ लाई दुबईमा एड्भर्टाजिङ एण्ड मिडिया कन्सल्टेन्सी र कन्सेप्ट भिजुअल फिल्म प्रोडक्शनले सहकार्य गर्ने भएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले नेफ्टा अवार्डका लागि अहिले तयारी तिव्र भइरहेको जानकारी दिएका थिए । उनले अवार्डका लागि अहिले चलचित्रको नाम दर्ता गर्न सुरु गरेको जानकारी दिँदै केही दिन भित्रमा नै जुरीहरुले चलचित्र हेर्न सुरु गर्ने पनि पत्रकार सम्मेलनमा अध्यक्ष लामाले जानकारी दिए । यसअघि प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले ‘नेफ्टा अवार्ड’ को नवौ संकरण कार्तिक २५ गते गरिने घोषणा गरेका थिए ।