नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीको आज जन्मदिन हो । केकीलाई जन्मदिनको अवसर पारेर आज १० बजे फिल्म ‘राज्जा रानी’ले विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
फिल्म ‘स्वर’बाट नेपाली फिल्म क्षेत्रमा भित्रिएकी केकीले दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । तर, केकीलाई आजसम्म सफलता हात मिलेको छैन । म्यूजिक भिडियोकी रानी नै बनेकी केकी फिल्म क्षेत्रमा पनि चर्चित छिन् । तर, बक्स अफिसले उनको साथ दिएको छैन ।
केकी अब निर्मात्री पनि बनेकी छिन् । उनले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ वैशाख १४ गतेबाट रिलिज हुँदैछ । फिल्म क्षेत्रमा अध्ययन गरेर आएकी अभिनेत्रीको रुपमा चिनिने केकी बक्स अफिसमा पनि सफल भएको खण्डमा उनको फिल्मी करिअर पनि सफल भएको मानिनेछ । जन्मदिनको अवसरमा केकीलाई शुभकामना ।