अभिनेत्री रजनी केसी नेपाली फिल्ममा सफल छैनन् । उनले काम गरेका फिल्म पनि हलमा खासै चल्दैनन् । दर्शक उनको अनुहार नै हेरेर हलमा पुग्दैनन् । तर, पनि उनी आफूलाई फिल्मको व्यापारले खासै अर्थ नराख्ने बताउँछिन् । आफूले काम गरेका फिल्ममा आफ्नो भूमिका मन परेका कारण नै काम गरेको बताउने रजनीले फिल्म चल्नु र नचल्नु आफ्ना लागि महत्वपूर्ण नभएको बताउँछिन् ।
पहिलो फिल्म ‘लोफर’ नै असफल भएपछि रजनीको करिअर अगाडि जान नै सकेन । तर, पनि रजनी फिल्म चल्नु र नचल्नुले आफूलाई फरक नपर्ने बताइरहेकी छिन् । रजनी अहिले सानातिना फिल्ममा काम गरिरहेकी छिन् । बक्स अफिसमा हिट फिल्म दिन सकेको खण्डमा उनलाई पनि फाइदा नै हुने थियो । तर, दर्शकले न त उनको कामको तारिफ गरेका छन् न त उनी हिट छिन्, अनी फिल्म के का लागि खेल्ने त ?