फिल्म ‘हैरान’का निर्माताले फिल्म चल्ने दिन तोकेका छन् । फिल्म निर्माण गर्दा नै हैरानी भोगेको निर्माण टोलीले अब भने हलमा फिल्म ल्याउने भएको छ । कुनै अवरोध नआएको खण्डमा यो फिल्म वि.सं २०७५ साल जेठ ४ गतेबाट रिलिज हुने भएको छ । यो फिल्मलाई सौगात बिष्टले निर्देशन गरेका हुन्, जो विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल छन् ।
यो फिल्मलाई राजधानीमा माधव वाग्ले र राजधानी बाहिर मनोज राठीले वितरण गर्ने छन् । फिल्मले कमेडी कथालाई नै मुख्य बिषय बनाएको छ । यो फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी ,एन्जल राई , सागर लम्साल , आरोही शर्मा लगायतका कलाकारलाई दर्शकले हेर्न पाउनेछन् । फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई.एल. लामाको लगानी छ ।
फिल्ममा कथा र कोरियोग्राफी गम्भीर बिस्टको छ भने , चन्द्र पन्तको द्धन्द्ध, सत्यराज आचार्य, स्वरूपराज आचार्य , किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत छ । फिल्ममा नवराज उप्रेती र निरज कँडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन छ ।