अभिनेता प्रदिप खड्काले २–३ वटा फिल्म खेल्दैमा आफूहरुलाई स्टार भन्न नमिल्ने बताएका छन् । संचारमाध्यमसँगको कुराकानीमा प्रदिपले अझै केहि बर्ष फिल्म क्षेत्रमा बिताएपछि मात्र आफूहरु चलेको खण्डमा स्टार, सुपरस्टार भन्न सकिने बताए । अहिले नै फिल्मको कथावस्तु परिवर्तन गर्नुपर्छ, हिरोइन किन नयाँ मात्र लिएको भन्ने जस्ता कुरा गर्न नसुहाउने उनले बताए ।
प्रदिपले अहिले आफूहरु कोहि पनि स्टार नभएको बताए । साथै, उनले आफूलाई बलिउड अभिनेता साहरुख खानसँग दाजेकोमा समेत धन्यवाद दिए । उनले, अहिले नै त्यो स्थानमा पुग्न नसकेपनि कुनै समय नेपाली फिल्मले विश्वव्यापी बजार पाउँदा साहरुख खान नै बन्न सकिन्छ कि समेत भनेका छन् ।
प्रदिपले अहिले आफ्नो उमेर नै लभस्टोरी फिल्म खेल्ने रहेकाले कथावस्तुको धार परिवर्तन गर्ने बताएका छन् ।