फिल्म ‘लिलिबिली’बाट नेपाली फिल्म क्षेत्रमा उदाएकी अभिनेत्री जसिता गुरुङले फिल्म क्षेत्रमा संभावना बलियो बनाएकी छिन् । उनले, यो फिल्ममा गरेको अभिनयको प्रशंसा भैरहेको छ ।
जसिता हरेक कुराबाट पर्फेक्ट अभिनेत्री देखिएकी छिन् । अभिनेता प्रदिप खड्का जस्ता स्टारसँग काम गर्दा पनि जसिताले आफूलाई बलियो रुपमा उभ्याएकी छिन् । यहिकारणले गर्दा पनि जसिता नेपाली फिल्म क्षेत्रमा नयाँ अभिनेत्रीको रुपमा उदाएकी छिन् ।
जसिताले दर्शकले दिएको मायाका लागि धन्यवाद दिइन् । उनले, आफूले शत प्रतिशत दिएको समेत बताएकी छिन् ।