काठमाडौं | फिल्म ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा माया प्रेममा आउने आरोह-अवरोहलाई देखाइएको छ। ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, विछोड, रोदन सबै अटाइएको छ।
असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्ममा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन्। लभस्टोरी जनराको यस फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि मुख्य भूमिका रहेको छ भने यसै फिल्मबाट किशोर खड्काले पनि नायकका रूपमा डेब्यु गर्दैछन्।
सविर श्रेष्ठ निर्देशित फिल्मलाई रामहरि धिताल र विभिसिका श्रेष्ठले निर्माण गरेका हुन्। फिल्मलाई बाबु श्रेष्ठले खिचेका छन्।