काठमाडौं | फागुन १७ गतेबाट प्रदर्शनमा आउने अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को दुई पोस्टर सार्वजनिक भएका छन्। सार्वजनिक एक पोस्टरमा उनी फुटबल सहित मैदानमा उत्रिएका छन् भने अर्को पोस्टरमा जर्सी लगाएका अनमोलसँग सुनिल थापा र प्रशान्त ताम्राकारलाई पनि देखाइएको छ। पोस्टरमा नायिकालाई भने देखाइएको छैन्।
दिवाकर भट्टराई निर्देशित फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन्। खेलाडीको कथामा निर्माण भएको फिल्ममा अनमोलसँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ। उपसन सिंह ठकुरी र प्रियंका एमवी चेरीले यसै फिल्मबाट डेब्यु गर्दैछन्।
सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन्। सुदिप बराल डिओपी रहेको फिल्ममा नवराज शर्माको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ।