काठमाडौं | आगमी शुक्रबार अर्थात् मंसिर २८ मा रिलिज हुने फिल्म ’सुश्री सम्पति’को सार्वजनिक गीत संगीत र ट्रेलरले पाइरहेको हाइपकै कारण फिल्म जापान, दक्षिण कोरिया र युरोपमा प्रदर्शन अधिकारी विक्री भएको छ। फिल्मलाई जापान र कोरियोको लागि सुर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपको लागि सुरज कार्कीले प्रदर्शनको अधिकार लिएका छन्। नेपाल रिलिजको केहि दिनमा युरोपको विभिन्न सहर तथा जापान र कोरियो फिल्म प्रदर्शन हुनेछ।
दुई युवालले सुश्री सम्पत्तिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइने फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेल लगायतको अभिनय रहेको छ। रंग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका कार्की विशेष भूमिकामा छिन्।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन्। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्। अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ।