लामो समयदेखि प्रेममा फिल्म जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले बिबाह गर्ने भएका छन्। उनीहरु भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका हुन्। यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो।
बर्षा र संजोग दुबैले आफूहरुले बिहे गर्न लागेको फेसबुकमार्फत जानकारी दिएका हुन्। बलिउडका चर्चित नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले बिहे गर्न लागेको जानकारी जुन शैलीमा दिएका थिए, सोही शैलीमा बर्षा र संजोगले पनि फ्यानलाई सरप्राइज दिएका छन्।
वर्षा र संजोगले बिबाहको निमन्त्रणा कार्डमा सार्वजनिक गर्दै आर्शिवाद दिनका लागि आग्रह गरेका छन्।