दीपिका पादुकोण बलिउडकी नम्बर १ नायिका हुन्। उनी अभिनित धेरै फिल्महरु हिट छन्। आज यहाँ उनी अभिनित ७ फिल्मको चर्चा गर्दैछौं, जसलो सय करोड बढीको व्यापार गरे,
‘रेश २’
‘रेश २’ सय करोडमा पुग्ने दीपिकाको पहिलो फिल्म हो। यस फिल्ममा दीपिकासँगै नायक सैफअली खान र जोन अब्राहिमको पनि मुख्य भूमिका रहेको छ। यस फिल्मले सय करोड हाराहारीको व्यापार गर्न सफल भएको थियो।
‘रामलीला’
रणवीर सिंह र दीपिका अभिनित ‘रामलीला’ पनि बक्सअफिसमा गज्जब व्यापार गरेको थियो। यो फिल्मले बक्स अफिसमा ११६ करोडको कमाई गर्न सफल भएको थियो। यसै फिल्ममा काम गर्दा सुरु भएको रणवीर दिपिकाको प्रेम हाल बिबाहमा परिणत भएको छ।
‘बाजिराओ मस्तानी’
दीपिकाको अर्को सफल फिल्म हो ‘बाजिराओ मस्तानी’। रणवीर सिंह, प्रियंका चोपडा र दीपिकाको मुख्य भूमिका रहेको यस फिसल्मले १८४ करोड भन्दा बढी कर्माइ गरेको थियो।
‘ये जवानी हे दिवानी’
दीपिका अभिनित अर्को फिल्म ‘ये जवानी हे दिवानी’ले बक्स अफिसमा १८८ करोडको व्यापार गर्न सफल भएको थियो। यस फिल्ममा उनी रणवीर कपुरको जोडीको रुपमा देखिएकी छिन्।
‘ह्याप्पी न्यू इयर’
मल्टिस्टारर कलाकार रहेको फिल्म ‘ह्याप्पी न्यू इयर’ दीपिकाको करिअरको सफल फिल्म हो। यस फिल्मले बक्स अफिसमा २०३ करोडको कमाई गरेको थियो। यस फिल्ममा शाहरुख खानको मुख्य भूमिका रहेको छ।
‘चेन्नाई एक्सप्रेस’
दीपिकाको सर्वाधिक सफल फिल्ममा पर्छ, ‘चेन्नई एक्सप्रेस’। कमेडी कथाको यस फिल्मले बक्स अफिसमा २२७ करोडको कमाई गरेको थियो। साहरुख खानसँग दीपिका तेश्रो पटक यस फिल्ममा देखिएकी थिइन्।
‘पद्मावत‘
दीपिकाको करिअरमा सय, दुई सय मात्र होइन, तिन सय करोड कमाई गर्न सफल फिल्म पनि छन्। उनी अभिनित पछिल्लो फिल्म ‘पद्यमावत’ले बक्स अफिसमा ३ सय करोडको हाराहारीमा व्यापार गर्न सफल छ।