सन् २०२० सालको इदमा बलिउडका दुई प्रतिक्षित चलचित्र रिलिज हुने कुराले बलिउड बजार निकै तातेको छ। उक्त मितिमा सलमान खान र आलिया भट्ट स्टारर ‘इन्शाअल्लाह’ र अक्षय कुमार स्टारर ‘सुर्यवंशी’ले आफ्नो रिलिज मिति तय गरेका छन्।
हरेक वर्षको इदमा सलमान खानले कुनै न कुनै नयाँ चलचित्र आफ्नो दर्शकमाझ ल्याएका हुन्छन्। तर, २०२० को इदमा भने सलमानले चलचित्रको घोषणा नगर्दै अक्षय कुमारको चलचित्र सुर्यवंशीले आफ्नो रिलिज मिति तय गरिदियो। पछि सलमानले पनि उक्त मितिमा इन्शाअल्लाह रिलिज गर्ने घोषणा गरे।
दुई प्रतिक्षित चलचित्रको रिलिजलाई लिएर निकै गसिपहरु बनिरहेका छन्। तर, उक्त मितिमा दुई चलचित्र रिलिज नहुने हो कि भन्ने गाईगुई पनि बलिउड बजाराम चल्न थालेको छ।
सुर्यवंशी निर्देशक रोहित सेट्ठीले निकट भविष्यमा सलमान खानलाई आफ्नो चलचित्रमा लिदैँछन्। सोही कारण पनि रोहितले आफ्नो चलचित्रलाई अर्को मितिमा रिलिज गर्ने तयारी गरिरहेका छन्। सलमान र इन्शाअल्लाह निर्देशक संजयलीला भन्सालीको कामलाई हेरेर उक्त मिति छोड्न लागेको रोहितले बताएका छन्।
                                                                                               






