चैत्रको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘यात्रा’को नयाँ गीत रिलिज भएको छ। बिहिबार युट्युबमार्फत् फिल्ममा समावेश ‘डुली डुली’ बोलको गीत सार्वजनिक गरिएको हो। मेलिना राइको आवाजमा समावेश यो गीतमा दिभेष उप्रेती र प्रतिक पौडेलको शब्द, कोविड बज्र र प्रतिक पौडेलको संगीत छ।
गीतको भिडियोमा नायिका मलिका महत्त फिचरिङ छिन्। दुबै आँखा नदेख्ने मलिकाको सांगीतिक कार्यक्रममा यस गीत गाएको भाव भिडियोमा झल्काइएको छ।
सम्राट शाक्य निर्देशित फिल्ममा सलिनमान बनिया, मलिका महत्त, सलोन बस्नेत, प्रेक्षा बज्रचार्य, रेअर राई, जाहन्वी बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ। निर्देशक शाक्य कै कथा तथा पटकथा रहेको फिल्मलाई सुशिल पोखरेलको निर्माण गरेका हुन्। फिल्मका प्रस्तुतकर्ता केशव भट्टराई र चिजकुमार श्रेष्ठ हुन्।
संजय लामाले खिचेको फिल्मलाई बनिष शाहले समपादन गरेका छन्। प्रविण सिंहको कोरियोग्राफी रहेको फिल्ममा हिमाल केसीको एक्सन छ।