हाल फिल्म ‘हेल्लो जीन्दगी’को छायांकन रोकिएको छ। लण्डनमा ११ दिनको सेड्युल सकाएर केही दिन अगाडि निर्माण टा नेपाल फर्किएको थियो। लण्डनमा फिल्मको सेड्युल ११ दिनको मात्र थिएन। त्यहाँ लगभग ९० प्रतिशत छायांकन हुने थियो।
तर, फिल्मकी मुख्य नायिका दीपिका प्रसाई आफ्नो बिबाहको कारण बीचैमा नेपाल फर्किइन्। दीपिका नेपाल फर्किन नपाउँदै अर्की नायिका श्वेता खड्का बिरामी परिन्। उनको घाटीमा ट्युमर पलाएपछि हस्पिटलमा भर्ना भइन्। उनी अहिलेसम्म पुर्ण रुपमा ठिक भइसकेकी छैनन्।
दुबै नायिका नहुदाँ अहिले फिल्मको छायांकन रोकिएको छ। छायांकन रोकिएपछि अहिले लण्डनमा खिचिएको दृष्य सम्पादन भइरहेको छ।
एभरेष्ट सूर्य बोहराको निर्देशनमा बन्ने फिल्ममा दीपिका र स्वेताका अलवा विक्रम जोशी, विक्रान्त बस्नेत, सलोन बस्नेत, विल्सन विक्रम राई लगायतको मुख्य भूमिका रहेको छ। ‘विराञ्जना इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यस फिल्मलाई सृजना जोशीले निर्माण गर्न लागेकी हुन्।